Dhulikhel Eco Banner new

यस्तो छ शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर

2.82K
shares

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरीददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.६ रुपैयाँ निर्धारण गरेको हो ।

युरोपियन युरोको खरीददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८५ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरीददर १६९.३५ रुपैयाँ र बिक्रीदर १७०.०८ रुपैयाँ रहेको छ।

यस्तै अष्ट्रेलियन डलरको खरीददर ८९.६० रुपैयाँ र बिक्रीदर ८९.९९ रुपैयाँ, क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४७ रुपैयाँ, सिङ्गापुर डलरको खरीददर १०७.५१ रुपैयाँ र बिक्रीदर १०७.९८ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, चिनियाँ युआनको खरीददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, साउदी अरेबियन रियालको खरीददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ कायम भएको छ।

कतारी रियालको खरीददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, थाइ भाटको खरीददर ४.२२ रुपैयाँ र बिक्रीदर ४.२४ रुपैयाँ, युएई दिरामको खरीददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, मलेसियन रिङ्गेटको खरीददर ३२.५० रुपैयाँ र बिक्रीदर ३२.६४ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ, स्विडिस क्रोनरको खरीददर १४.३६ रुपैयाँ र बिक्रीदर १४.४३ रुपैयाँ तोकिएको छ।

त्यसैगरी डेनिस क्रोनरको खरीददर २१.३२ रुपैयाँ र बिक्रीदर २१.४१ रुपैयाँ, हङकङ डलरको खरीददर १७.६४ रुपैयाँ र बिक्रीदर १७.७१ रुपैयाँ, कुवेती दिनारको खरीददर ४५१.९५ रुपैयाँ र बिक्रीदर ४५३.९१ रुपैयाँ, बहराइन दिनारको खरीददर ३६७.०७ रुपैयाँ र बिक्रीदर ३६८.६६ रुपैयाँ, ओमानी रियालको खरीददर ३५९.६१ रुपैयाँ र बिक्रीदर ३६१.१७ रुपैयाँ कायम गरिएको छ।

यो विनिमयदर बैंकद्वारा प्रयोग गरिने दर हो भने खुला बजारमा विभिन्न बैंकले तोकेको दरमा केही अन्तर हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।