Dhulikhel Eco Banner new

सिन्धु विकास बैंकमा रोजगारीको अवसर

2.95K
shares

काठमाडौं, २६ असार । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई साउन ७ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।

बैंकले माग गरेको पदहरूमा चिफ रिक्स अफिसर, क्रेडिट अफिसर, कम्प्लिएन्स अफिसर, चार्टर्ड अकाउन्टेन्ट, ब्रान्च म्यानेजर, अपरेसन इन्चार्ज र गोल्ड टेस्टर रहेका छन्।

बैंकले विज्ञापनमार्फत अनुभव, योग्यता र पदअनुसार जिम्मेवारी उल्लेख गर्दै छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गरेको छ। आवेदन बैंकको वेबसाइट वा सो सूचना अनुसार तोकिएको इमेलमार्फत दिन सकिने जनाइएको छ ।