सरकारले गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ हजार रुपैयाँ दरको नोट छाप्ने निर्णय
वि.सं.२०८२ असार ३२ बुधवार १६:५०
shares

काठमाडौं, ३२ असार । सरकारले एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट छाप्ने तयारी थालेको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोट छपाइका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो।
नवनियुक्त गभर्नर डा. विश्व पौडेलको हस्ताक्षर अंकित नयाँ हजार दरको नोट छापिनेछ। अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको निर्णय अनुसार, नोटको चित्र र आकार स्वीकृत गर्दै छपाइको बाटो खुलेको हो।
‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, भन्ने निर्णय मन्त्रिपरिषद्बाट पारित भएको हो ।
सरकारको यो निर्णयसँगै नयाँ डिजाइन, सुरक्षात्मक विशेषता र प्रविधियुक्त नोट सार्वजनिक हुने अपेक्षा गरिएको छ। नोट कहिले देखि प्रचलनमा ल्याइने हो भन्ने विषयमा भने राष्ट्र बैंकले औपचारिक जानकारी आगामी दिनमा दिने बताइएको छ।



















