Dhulikhel Eco Banner new

बैंकलाई त्रैमासिक विवरण प्रकाशन गर्न १५ दिनको समय

3K
shares

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। अबदेखि कुनै पनि बैंक तथा वित्तीय संस्थाले त्रैमास समाप्त भएको १५ दिनभित्र अन्तरिम वित्तीय विवरण प्रकाशन गर्न सक्नेछन्।

यसअघिको व्यवस्था अनुसार, बैंक तथा वित्तीय संस्थाले त्रैमास सकिएको ७ दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने बाध्यता थियो। चौथो त्रैमासका लागि भने २१ दिनको समय सीमाभित्र विवरण प्रकाशित गर्नुपर्ने नियम थियो। अब नयाँ व्यवस्था अनुसार चौथो त्रैमासको वित्तीय विवरण साउन ३० गतेभित्र प्रकाशित गरे पुग्नेछ।

नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै नयाँ समय सीमा लागू गरिएको जानकारी गराएको छ। परिपत्रमा भनिएको छ, ूबैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरूको संक्षिप्त अन्तरिम वित्तीय प्रतिवेदन त्रैमास समाप्त भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गर्नुपर्नेछ।ू

साथै, उक्त प्रतिवेदनको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा समेत बुझाउनुपर्नेछ। विस्तृत विवरण भने राष्ट्र बैंकले तोकेको ढाँचामा सम्बन्धित बैंक वा वित्तीय संस्थाको वेबसाइटमा राख्नुपर्नेछ।

वेबसाइटमा राखिएको विस्तृत प्रतिवेदनको जानकारी संक्षिप्त विवरणमा समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। चौथो त्रैमासको हकमा भने आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ।