Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २२६ कम्पनीको शेयर मूल्य घट्यो

3.13K
shares

काठमाडौं, १४ साउन । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५२.८७ अंकले घटेर २,९४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ४४ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०४ प्रतिशतका दरले गुमाएका छन्