Dhulikhel Eco Banner new

शेयर बजारमा १३८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.96K
shares

काठमाडौं, २१ साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.३५ अंकले बढेर २,८३६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

्यसदिन रिलायबल समृद्धि योजनाका लगानीकर्ताले २.७४ प्रतिशतका दरले गुमाएका छन् भने समता घरेलु लघुवित्तका लगानीकर्ताले २.७२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, युनिलिभर नेपालका २.७१ प्रतिशतका दरले गुमाएका छन् भने सयपत्री हाइड्रोपावरका लगानीकर्ताले २.४१ प्रतिशतका दरले गुमाएका छन् ।