Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.57K
shares

काठमाडौं, २२ साउन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १८.३० अंकले बढेर २,८५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ५३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् भने मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, रिलायबल समृद्धि योजनाका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानकिर्ताले ६.१९ प्रतिशतका दरले कमाएका छन् ।