Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार बढी संस्थापक शेयर लिलामीमा

2.76K
shares

काठमाडौं, २७ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकेको छ। यस लिलामीमा संस्थापक शेयरधनी, सर्वसाधारण र संगठित संस्थाहरूले समेत भाग लिन सक्नेछन्।

बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ता माग गर्नुपर्नेछ भने बढीमा १०० ले नबाँडिने गरी वा सबै कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ। त्यस अनुसार न्यूनतम लगानी ३ लाख ८७ हजार ३० रुपैयाँ पर्नेछ। इच्छुक खरीदकर्ताले भदौ १६ गतेभित्र काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा बोलपत्र बुझाइसक्नुपर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानमा उपलब्ध हुनेछ।

उक्त शेयरको हालको धनी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हो। यस लिलामी बिक्रीको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।