शेयर बजारमा ६ अर्ब १७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ भदौ २ सोमवार १५:३९
2.65K
shares
shares

काठमाडौं, २ भदौ । शेयर बजारमा ६ अर्ब १७ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ
कारोबार भएको हो ।
यसदिन बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, कालिका पावर कम्पनीको १८ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १७ करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ ।



















