Dhulikhel Eco Banner new

चालु खातामा ४ खर्ब ९ अर्ब रूपैयाँ बचत, वैदेशिक लगानीमा पनि वृद्धि

3.2K
shares

काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वर्तमान आर्थिक तथा वित्तीय स्थितिले नेपालको चालु खाता सन्तुलन बलियो बन्दै गएको देखाएको छ। समीक्षा अवधिमा चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो बचत २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको अवस्था अझ मजबुत देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ६७ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब १ करोड डलरले बचतमा परिणत भएको छ। यसले नेपालको बाह्य क्षेत्र सन्तुलनमा सुधार आएको संकेत गर्छ।

त्यस्तै, समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ८१ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० मा पनि वृद्धि देखिएको छ। २०८१/८२ मा १२ अर्ब २ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी हो। यसले नेपालप्रति विदेशी लगानीकर्ताको भरोसा बढिरहेको देखाउँछ।

शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ, अघिल्लो वर्ष यो ५०२ अर्ब ४९ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा तुलना गर्दा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडको तुलनामा यो वर्ष ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको छ।