Dhulikhel Eco Banner new

उखु किसान आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माइतीघर पुगे माधव नेपाल

4.21K
shares

काठमाडौं, १० भदौ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आन्दोलनरत उखु किसानप्रति ऐक्यबद्धता जनाएका छन्। मंगलबार माइतीघर मण्डलामा पुगेका उनले किसानको आन्दोलन निजी स्वार्थ नभई देशको अर्थतन्त्रकै लागि आवश्यक भएको बताए।

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि किसानको पक्षमा समर्थन जनाइसकेका छन्।

उखु किसान महासङ्घ संघर्ष समितिको आह्वानमा आइतबारदेखि सुरु भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ दरको बक्यौता भुक्तानी, १ अर्ब ६० करोड तत्काल तिर्ने, चालु वर्षमा अनुदानको व्यवस्था गर्ने र मूल्य निर्धारण आपसी छलफलमार्फत मात्र गर्नुपर्ने माग अघि सारेका छन्।

अध्यक्ष नेपालले किसानको माग जायज रहेको भन्दै संसद् र सडक दुवैमा साथ रहने प्रतिबद्धता जनाएका छन्।