Dhulikhel Eco Banner new

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.34K
shares

काठमाडौं, १८ भदौ । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १५.६४ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ७२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा लिबर्टी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ६.४५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् भने सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ३.७६ प्रतिशतका दरले गुमाएका छन् ।