Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ७२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.61K
shares

काठमाडौं, १८ भदौ । शेयर बजारमा ४ अर्ब ७२ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ८० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको २४ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ भने पञ्चकन्या माई हाइड्रोपावरको १३ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ ।