Dhulikhel Eco Banner new

एभरेष्ट बैंकको सीईओमा खालिङ राई पुनः नियुक्त

2.95K
shares

काठमाडौं, २२ भदौ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ राई पुनः नियुक्त भएका छन्। भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले राईलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार राईको नयाँ कार्यकाल २०८१ असोज ८ गतेदेखि सुरु हुनेछ। उनलाई पहिलो पटक २०७८ सालको असोज महिनामा चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो।

उक्त कार्यकाल सम्पन्न भएसँगै बैंकले व्यवस्थापन निरन्तरताको उद्देश्यले उनलाई पुनः सीईओमा दोहोर्‍याउने निर्णय गरेको जनाएको छ।