Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर, कारोबार रकममा पनि गिरावट

2.91K
shares

काठमाडौं, २२ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५२ अंकले घटेर २७०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका हुन् ।