Dhulikhel Eco Banner new

रिभर फल्स पावरको १ः१ अनुपातमा हकप्रद शेयरमा आवेदन खुला

3.04K
shares

काठमाडौं, २३ भदौ । रिभर फल्स पावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले सोमवारदेखि ७० लाख कित्ता हकप्रद शेयरमा आवेदन खुला गरेको हो।

साउन २५ गतेसम्म कम्पनीको शेयरधनी रहेका लगानीकर्ताले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीले हकप्रद सेयरबाट संकलन हुने ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण भुक्तानी गर्न प्रयोग गरिने स्पष्ट पारेको छ।

कम्पनीको वित्तीय दायित्व घटाउने उद्देश्यले हकप्रद निष्कासन गरिएको हो।