Dhulikhel Eco Banner new

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५०सिसि फेला

3.29K
shares

काठमाडौं, २३ भादौ । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. हो । नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यवसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट रहँदै आएको छ ।

यही विश्वासलाई अझ मजबुत बनाउने उद्देश्यले, यसपालीको दसैं, तिहार र छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ।

यस योजनामा सहभागी ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। रु १,००,००० भन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर मोटरसाइकल बम्पर उपहारको रूपमा जित्न सकिनेछ। त्यस्तै, रु ७५,००० भन्दा माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, रु २५,००० माथिको खरिदमा स्मार्ट टिभी र रु ५,००० माथिको खरिदमा स्मार्टफोन जित्ने मौका ग्राहकले पाउनेछन्।

यसबाहेक, प्रत्येक खरिदमा ग्राहकले रु १,००० सम्मका क्यासब्याक कुपनहरू पनि ग्यारेन्टीका साथ प्राप्त गर्न सक्नेछन्।

सक्कली पार्ट्सको प्रयोगले सवारीसाधनको इन्जिन, ब्रेक, क्लच जस्ता महत्वपूर्ण अङ्गहरूको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ। यसले गाडीको मर्मत खर्च घटाउनुका साथै समग्र प्रदर्शनमा उल्लेखनीय सुधार ल्याउन मद्दत पुर्‍याउँछ।

टाटा जेन्युइन पार्ट्सले प्रयोगकर्तालाई निश्चिन्तता, भरोसा र उत्कृष्ट सेवा अनुभव गराउँदै आएको छ।