फस्र्ट माइक्रोफाइनान्स : फेसबुकमा मस्त कर्मचारी, जोसुकै आओस् ‘बाल मतलव’ !

वि.सं.२०८२ भदौ ३० सोमवार १७:२५
shares

काठमाडौं, ३० भदौ । तपाई कुनै सार्वजनिक संस्थामा कसैलाई भेट्न जानु भयो भने कस्तो रेस्पोन्स पाउनु हुन्छ ? यसो सम्झनुस् त । कहाँबाट आउनु भएको ? भनेर संस्थाको रिसेप्सनमा बस्ने मान्छेले सामान्य किसिमले सोध्छन् । तपाईले आफ्नो परिचयसँगै कसलाई भेट्न आउनु भएको जस्ता प्रश्नहरु सामना गर्नैपर्छ । सामान्यतया भेट्न चाहेको मान्छेले तपाईलाई भेट्न मञ्जुरी दिएपछि रिसेप्सनले सहजिकरण गर्छन ।
तर काठमाडौंको ज्ञानेश्वरमा रहेको एउटा पव्लिक कम्पनी फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा भने अवस्था अलि फरक रहेछ । रिसेप्सनमा एक जना महिला कर्मचारी छिन् । उनलाई कार्यालयमा जोसुकै आओस् ‘बालमतलव’ भने जस्तै छ । सोमबार केटिएम भ्वाइसका प्रतिनिधि फस्र्ट माइक्रोफाइनान्सको कार्यालयमा पुग्दा यस्तै व्यवहार पाइयो ।
यो पनि पढ्नुहोस्ः कुशल नेतृत्व नहुँदा समस्यामा जनउत्थान लघुवित्त, निस्कृय कर्जा आकासिदै
रिसेप्सनमा रहेकी ति महिला केटिएम भ्वाइसका प्रतिनिधि पुग्दा फेसवुकमा मस्त थिइन् । अगाडि प्रष्टसँगै देखिने गरी उनी फेसवुकको टाइमलाई स्क्रोल गरिरहेकी थिइन् । सुरुमा त यस्तो अवस्था भयो कि ढुंगा बोल्ला तर मान्छे बोल्दैन भने जस्तै भयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पौडेललाई भेट्न आएको कुरा केटिएम भ्वाइसका प्रतिनिधिले उनलाई जानकारी गराए । निकै गाह्रो मानेर उनले मुख खोलिन्, ‘तपाईको कार्ड दिनुस्’ ।
उनको माग अनुसार नै कार्ड दिएपछि उनले कार्डलिएर केहीबेर कतै गइन् । केहीबेर पछि भित्र जानु भन्ने आदेश आयो । भित्र भेट्न खोजेका अधिकारी थिएनन् । भित्र २ मिनेट ५४ सेकेण्ड बसेपछि मात्रै केटिएम भ्वाइसका प्रतिनिधिले थाहाँ पाए, ति महिलाले कार्यकारी प्रमुखलाई नभएर अरु कसैलाई भेट्न लिएर गएकी रहिछिन् ।
बाहिर निस्किएपछि मात्रै थाहाँ भयो, कार्यकारी प्रमुख कार्यालयमा रहेनछन् । बाहिर निस्कदा पनि ती कर्मचारी मस्त फेसवुक चलाइरहेकी थिइन् । ‘सीईओ सर हुनुहुन्न र ?’ उनले प्रश्न सोध्ने मान्छेको मुखतिर फेसवुक तिरै टोलाएर ‘छैन’ भन्ने ठाडो जवाफ दिइन् । त्यसबाहेक उनीले भिजिटरको अनुहारतिर हेर्ने मात्रै होइन, दोहोर कुरा समेत गर्न चाहिनन् ।
केटिएम भ्वाइसका कर्मचारीले आफ्नो कार्यालयमा आएर दिएको जानकारी अनुसार उनी निकैबेरसम्म फेसवुकमै रमिन् । त्यो दृश्य देखेर अचम्म लागेपछि केटिएम भ्वाइसका प्रतिनिधिले सोधे, ‘तपाईले फेसवुक चलाइरहेको एउटा तस्वीर खिच्छु ल ।’ त्यसपछि भने बल्ल हेर्दै बोलिन, ‘हुन्छ ।’ उनको अनुमति लिएरै २ थान तस्वीर खिचेर केटिएम भ्वाइसका प्रतिनिधि कार्यालय फर्किए ।

फस्र्ट माइक्रोफाइनान्सको रिसेप्सनमा कार्यरत कर्मचारीको यो व्यवहार पछि हामीले संस्थाका सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्यौँ । वेबसाइटमा संस्थाका सूचना अधिकारीको जिम्बेवारीमा दानराज पन्त रहेको देखियो । वेबसाइटमा पन्तको नम्बर पनि राखिएको छ, ९ वटामात्रै । बडो अचम्म लाग्दो । त्यसपछि त्यहाँ भएको ल्याण्डलाइनमा हामीले पटक पटक सम्पर्क गर्यौ, फोन उठेन ।
सायद फोन उठाउने जिम्बेवारीमा उनै फेसवुकवाली कर्मचारी हुनुपर्छ । त्यससमयमा मेगा जव नेपालका प्रवन्ध निर्देशक शंकर पोख्रेल पनि फस्र्टमाइक्रोफाइनान्स पुगेका थिए । रिसेप्सनमा रहेकी कर्मचारीले देखाएको व्यवहारले आफू पनि बडो अचम्ममा परेको उनले सुनाए ।
राष्ट्र बैंकका एक अधिकारीले पन्तको नम्बर उपलब्ध गराएपछि हामीले उनलाई सम्पर्क गर्यौ । टेलिफोन संवादमा मृदुभाषी सुनिने पन्तलाई हामीले सोध्यौँ, ‘रिसेप्सनमा चाहिँ फेसवुकमात्रै चलाउने कर्मचारी राख्नु भएको छ र ?’ उनले त्यस्तो नभएको जवाफ दिए । पन्तका अनुसार उनी संस्थाकी नयाँ कर्मचारी भने होइनन् । पुरानै कर्मचारीको पारा त्यस्तो भएको विषयमा भने आफूले बुझ्ने उनको प्रतिक्रिया छ ।