Dhulikhel Eco Banner new

लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले बोलायो साधारण सभा

3.02K
shares

काठमाडौं, १ असोज । कामना सेवा विकास बैंक लिमिटेडले १९ औं वार्षिक साधारण सभा यही असोज २४ गते शुक्रबारका दिन काठमाडौंको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुने भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभामा प्रस्तुत गर्नेछ। सो प्रस्ताव पारित भएसँगै शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल छ जना सञ्चालकहरूको निर्वाचन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ।

कामना सेवा विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।