सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असोज ६ सोमवार ०९:५६
shares

काठमाडौं, ६ असोज । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा संघसंस्था लगायत इच्छुक सबैले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर आवेदन दिनु पर्नेछ।
आवेदन दिन कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकिएको पनि बैंकले जनाएको छ।



















