नेपाल एसबिआई मर्चेन्ट बैंकिङको लाभांश घोषणा
वि.सं.२०८२ असोज ६ सोमवार ११:१५
shares

काठमाडौं, ६ असोज । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । मर्चेन्टको आइतवार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।



















