Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ७० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.22K
shares

काठमाडौं, २६ असोज । शेयर बजारमा ६ अर्ब ७० करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड ७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको २२ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ ।