एनआईसी एशिया बैंकद्वारा खातामा ई पत्र ठेगाना अद्यावधिक गर्न ग्राहकलाई अनुरोध
वि.सं.२०८२ असोज २६ आइतवार १८:०५
shares

काठमाडौं, २६ असोज । लाखौं ग्राहकहरू माझ सक्रिय रूपले आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले आफ्ना सबै ग्राहकहरूलाई आफ्नो खातामा ई(पत्र ९इमेल० ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
ग्राहकको सेवा सुविधा अझ प्रभावकारी, सुरक्षित र सहज बनाउनको लागि बैंकले सबै ग्राहकलाई चाँडोभन्दा चाँडो आफ्नो खातामा ई पत्र ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको हो।
यसका लागि ग्राहकले बैंकको भिडियो तपशील जानकारी प्रणाली मार्फत प्रक्रिया पूरा गर्न सक्नेछन्, वा मोबाइल बैंकिङ अनुप्रयोग एनआईसी एशिया मोबैंकमा रहेको मेरो विवरण भागमा गई ई(पत्र परिवर्तन विकल्प छानी सजिलै आफ्ना विवरण अद्यावधिक गर्न सकिनेछ।
त्यस्तै, डिजिटल माध्यम प्रयोग गर्न कठिन हुने ग्राहकहरूले देशभर फैलिएका बैंकका जुनसुकै शाखा कार्यालयहरूमा गई पनि ई(पत्र ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यदि कुनै कारणवश ई पत्र ठेगाना अद्यावधिक गर्न समस्या भएमा ग्राहकहरूले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ वा १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा फोन गरी आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको सुरक्षा, गोपनीयता र सेवा प्रवाहमा गुणस्तर कायम राख्न निरन्तर प्रयास गर्दै आइरहेको छ।



















