Dhulikhel Eco Banner new

तिहारको तयारी भेटायोसँग, अब झिलिमिली बत्ती भाडामा उपलब्ध

3.46K
shares

काठमाडौं, २६ असोज । उज्यालो र हर्षोल्लासको पर्व तिहार नजिकिँदै गर्दा देशभर घर, आँगन, छत र झ्याल झिलिमिली बत्तीले सजाउने चटारो सुरु भएको छ। यसै अवसरमा, अनलाइन सेवा प्रदायक भेटायो  ले तिहार विशेष सेवा अन्तर्गत ‘झिलिमिली लाइट्स प्याकेज’ सार्वजनिक गरेको छ।

भेटायोको यस सेवामार्फत अब ग्राहकहरूले झिलिमिली बत्तीहरू भाडामा लिन सक्नेछन्। प्याकेजको मूल्य रु. ६१०० देखि सुरु हुने जनाएको छ, जसमा ग्राहकले आफ्नो आवश्यकताअनुसार २०, ४०, ६० वा ८० वटा बत्ती छनोट गर्न सक्नेछन्।

उक्त प्याकेजमा बत्तीको जडान, टेप, वायर, इन्स्टलेसन शुल्क र तिहार सकिएपछि डिसम्यान्टलिङ्ग खोल्ने काम समेत समावेश गरिएको छ।

ग्राहकलाई कुनै झन्झट नहोस् भनेर भेटायोको प्राविधिक टोली आफैं ग्राहकको घरमा गई सबै व्यवस्था मिलाउनेछ।

यदि कसैसँग पहिले नै झिलिमिली बत्तीहरू छन् र जडान मात्र गराउन चाहन्छन् भने, प्रति स्ट्रिप रु. ११० मा अनुभवी इलेक्ट्रिसियनहरूद्वारा सुरक्षित र छरितो जडान सेवा पनि उपलब्ध गराइएको छ।

भेटायो एप मार्फत झिलिमिली बत्तीको प्याकेज सजिलै बुक गर्न सकिने र अन्य तिहार सम्बन्धी सेवा जस्तै क्लिनिङ, लन्ड्री, प्लम्बिङ आदिमा समेत विशेष छुट रहेको जानकारी कम्पनीले दिएको छ।