गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
वि.सं.२०८२ असोज २८ मंगलवार १०:२६
shares

काठमाडौं, २८ असोज । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिने जनाइएको छ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर पारित भएपछिको अवस्थामा बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।



















