Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर

4.28K
shares

काठमाडौं, २९ असोज । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। संस्थाले प्रकाशित गरेको सूचनाअनुसार सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, वरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जना कर्मचारी आवश्यक परेको जनाएको छ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त दिन इच्छुक उम्मेदवारले तोकिएको शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ।

मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। दरखास्त फारम कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवश्यक कागजातसहित कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ।

दरखास्त दिनुपर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ। परीक्षाको प्रक्रिया लिखित, अन्तर्वार्ता वा दुवै माध्यमबाट सञ्चालन गरिने जनाइएको छ। पारिश्रमिक तथा सेवा सुविधा कम्पनीको नियम अनुसार हुनेछ।

कम्पनीले योग्य तथा इच्छुक उम्मेदवारहरूलाई तोकिएको म्यादभित्र दरखास्त दिन आग्रह गरेको छ।