Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.12K
shares

काठमाडौं, १२ कात्तिक । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.१७ अंकले घटेर २,५६६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ४५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी हिमालयन पावरका लगानीकर्ताले ८.७४ प्रतिशतका दरले कमाएका छन् भने आशा लघुवित्तका लगानीकर्ताले ७.६८ प्रतिशतका दरले कमाएका छन् ।