Dhulikhel Eco Banner new

स्टार्टअप कर्जा लिन चाहनेलाई आवेदन खुला

3.71K
shares

काठमाडौं, १९ कात्तिक । सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना प्रकाशित गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन इच्छुक योग्य उद्यमीहरूलाई आवेदन दिन आह्वान गरेको हो।

यो कर्जा कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा प्रतिष्ठानमार्फत सञ्चालन गर्न लागिएको हो। इच्छुक उद्यमीहरूले आफ्नो परियोजना प्रस्ताव २१ दिनभित्र पेस गर्नुपर्नेछ।

कर्जाका लागि आवेदन दिने उद्यमीले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यताको मापदण्ड पूरा गरेको हुनुपर्नेछ। त्यसमा सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएका उद्यमीहरूलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।

परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार पारी अनलाइन माध्यमबाट पेस गर्न सकिने प्रतिष्ठानले जनाएको छ।

संशोधित कार्यविधिअनुसार चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यसअघि सरकारले स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो।