Dhulikhel Eco Banner new

विकास बैंकहरूको नाफा ४५ प्रतिशतले घट्यो, लुम्बिनी विकास बैंक घाटामा

4.21K
shares

काठमाडौं, २१ कात्तिक । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म आइपुग्दा  विकास बैंकहरूको नाफा उल्लेखनीय रूपमा घटेको देखिएको छ। बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरण अनुसार यस अवधिमा समग्र नाफा ४५.२० प्रतिशतले घटेको हो।

गत आर्थिक वर्ष २०८१र०८२ को पहिलो त्रैमाससम्ममा विकास बैंकहरूले कुल १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिमा नाफा घट्दै ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा सातवटा विकास बैंकमध्ये चार बैंकको नाफा घटेको छ भने तीन बैंकले नाफा सुधार गरेका छन्। तीमध्ये लुम्बिनी विकास बैंक भने घाटामा पुगेको छ। सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले नाफा ११ प्रतिशतले वृद्धि गर्दै तीन महिनामा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कमाएको छ। दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा भने २०।२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा पनि १५।१७ प्रतिशतले घट्दै २० करोड ३० लाख रुपैयाँमा पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले वृद्धि भई १९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
महालक्ष्मी विकास बैंकको नाफा पनि ३.४२ प्रतिशतले बढ्दै ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ। बैंकले नाफा ४६.५८ प्रतिशतले बढाउँदै ८ करोड ८२ लाख रुपैयाँ कमाएको छ। ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घट्दै ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। उता, लुम्बिनी विकास बैंकको नाफा ऋणात्मक देखिएको छ। बैंकले असोज मसान्तसम्म ३४ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको हो।