Dhulikhel Eco Banner new

दश हजार जरिवाना सहित २२ बीमा कम्पनी कारबाहीमा

7.87K
shares

काठमाडौं, १० असार । दश हजार जरिवाना सहित २२ बीमा कम्पनी कारबाहीमा परेका छन् ।

समयमा वार्षिक लेखापरीक्षण नबुझाएको भन्दै २२ बीमा कम्पनीलाई कारबाही गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), एसियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीहरु आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण नबुझाएका कारण कारबाहीमा परेका हुन् ।

तेस्तै, राष्ट्रिय बीमा संस्थान, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, दि ओरिएण्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीहरु आर्थिक वर्ष २०७६÷०७७ का प्रतिवेदन नबुझाएका कारण कारबाहीमा परेका हुन् ।