म्युचुअल फण्ड निष्काशन गर्दै ग्लोबल आइएमई क्यापिटल
वि.सं.२०७९ असार १० शुक्रवार ०९:४१
shares

काठमाडौं, १० असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ नामको म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । सो योजनाको इकाईका खरिदका लागि २२ असारदेखि आवेदन दिन सकिने जनाइएको छ ।
निष्काशन गरिने कुल इकाईमध्ये बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने जनाइएको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।



















