Dhulikhel Eco Banner new

धौलागिरी लघुवित्तको क्षमता अभिवृद्धि तालिम सम्पन्न, उत्कृष्ट शाखा प्रमुखहरू सम्मानित

24.71K
shares

काठमाडौं, ३ मंसिर । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२८३ को प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रबन्धकहरूको क्षमता अभिवृद्धि तालिम पाँच दिनसम्म भव्य रूपमा सम्पन्न गरेको छ। कात्तिक २७ देखि मंसिर १ गतेसम्म आयोजित उक्त कार्यक्रममा संस्थागत क्षमता सुदृढीकरण, आगामी लक्ष्य निर्धारण र सेवा प्रवाहका प्रभावकारी उपायबारे विस्तृत मार्गदर्शन प्रदान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा संस्थाका ५८ शाखाका शाखा प्रमुख, अनुगमन अधिकृत, केन्द्रीय कार्यालयका व्यवस्थापन समूहका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता थियो। उद्घाटन प्रमुख अतिथि तथा सञ्चालक समिति अध्यक्ष सृजना थापाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू जीवन आचार्य, चेत नारायण सापकोटा, रेशमलाल सापकोटा तथा सि।ए। संजिता नेपाल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमको अध्यक्षता कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले गर्नुभएको थियो। वित्त, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख रुपेश कुमार झाले कार्यक्रम सञ्चालन गरेका थिए। स्वागत मन्तव्य सञ्चालन विभाग प्रमुख मिनप्रसाद जोशीले राखे भने कर्जा विभाग प्रमुख उदयराज तिमल्सेनाले तालिमको उद्देश्य स्पष्ट पारे।

मन्तव्यका क्रममा सञ्चालक समिति सदस्यहरूले शाखाहरूले लघुवित्तको मूल लक्ष्य–उद्देश्यअनुसार पारदर्शी, प्रभावकारी तथा जिम्मेवार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। अध्यक्ष थापाले लघुवित्तमाथि विभिन्न स्तरबाट उठेका आलोचनालाई सेवा सुधार र सदस्यविश्वास बढाएर मात्रै सम्बोधन गर्न सकिने बताइन्। क।मु। प्रमुख कार्यकारी अधिकृत जोशीले विगत वर्षमा वित्तीय सूचकहरूमा भएका सुधारप्रति खुसी व्यक्त गर्दै नयाँ आर्थिक वर्षका लक्ष्य र रणनीति प्रस्तुत गरे।

कार्यक्रमको अन्त्यतिर उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरूलाई विभिन्न विधामा सम्मान पत्र प्रदान गरिएको थियो। पाँचदिने तालिममा आरएसडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेल, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सहायक महाप्रबन्धक सि।ए। यसोधन पाण्डे, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक विपलव शर्मा, प्रशिक्षक सुदिप बस्नेत तथा डा। बालकृष्ण खनाललगायतका विज्ञहरूले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए। साथै सञ्चालक समिति सदस्यका लागि ‘सञ्चालक शिक्षा कार्यक्रम’ पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमलाई थप रोचक बनाउन सहभागीहरूबीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो भने लोकप्रिय गायक प्रकाश सपुतको लाइव प्रस्तुतीले वातावरण झनै उत्साहपूर्ण बनेको थियो।