सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता
वि.सं.२०८२ मंसिर ४ बिहीवार १७:२०
shares

काठमाडौं, ४ मंसि । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि औपचारिक सम्झौता भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीईओ सतिश कार्की र कलेजका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै सीईओ कार्कीले एभरेष्ट इन्जिनियरिङ कलेजजस्तो सफल शिक्षण संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले सहकार्य कागजी मात्र नभई साझा दृष्टिकोण र प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्दै, इन्जिनियरिङ विद्यार्थीहरूको व्यवहारिक सीप अभाव हटाउन यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
उनले भने, “यो सहकार्य कागजी मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ। विद्यार्थीहरू स्नातक भएर पनि व्यवहारिक सीपको कमी भएका गुनासा सुन्नुपर्छ। त्यसलाई परिपूर्ति गर्ने हाम्रो प्रयास हो र यसमा सफल हुनेछौँ भन्ने विश्वास छ।”
त्यस्तै, क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले विद्यार्थीहरूमा प्रायः व्यवहारिक ज्ञानको कमी रहेकोबारे आउने गुनासा समाधान गर्न यो सहकार्य प्रभावकारी हुने बताए। उनले सजिलो नेटसँगको साझेदारीले विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक सीपसमेत प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
कलेजका सीईओ अरुणकुमार भण्डारीले आजको समय आलोचनाभन्दा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, यस्ता साझेदारीहरूले देशका लागि दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने बताए।
उनले भने, “अर्काको आलोचना गरेर होइन, सहकार्य गरेर मात्रै हामी अघि बढ्न सक्छौँ। यस्ता सहकार्यले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्छ।”
समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी, अध्यक्ष प्रकाशमान सिंह जिसी उपस्थित थिए। क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, बोर्ड सदस्य राजेन्द्र भट्टराईलगायत सहभागी थिए।



















