शेयर बजारमा ६ अर्ब २८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर ७ आइतवार १५:३६
3.45K
shares
shares

काठमाडौं, ७ मंसिर । शेयर बजारमा ६ अर्ब २८ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। उक्त कम्पनीको ६५ करोड ६० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन पिपुल्स हाड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको २१ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १७ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १५ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ ।



















