Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

4.39K
shares

काठमाडौं, ८ मंसिर । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४७.२२ अंकले बढेर २६४७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ७ अर्ब ३ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

त्यसैगरी, माबीलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले गुमाएका हुन् ।