लक्ष्मी ई मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ इलेक्ट्रिक सवारी शोरुम उद्घाटन
वि.सं.२०८२ मंसिर ९ मंगलवार १५:०४
shares

काठमाडौं, ९ मंसिर । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई मोबिलिटीले पोखरामा नयाँ केई र फोर्थिङ इभी शोरुमको उद्घाटन गरेको छ। शोरुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यससँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै ग्राहकहरूलाई आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधन नजिक पुर्याएको बताइएको छ।
उद्घाटन समारोहको अवसरमा कम्पनीले विशेष न्चबलम इउभलष्लन इााभच सार्वजनिक गरेको छ। यसमा आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन्। नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ। यसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इलेक्ट्रिक सवारी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ।
बुद्धचोकस्थित केई र फोर्थिङ शोरुमको उद्घाटनले पोखरामा बढ्दो इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ। लक्ष्मी ई मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न आमन्त्रित गरेको छ।



















