प्रतितोला २ हजार २ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १२ शुक्रवार ११:०५
4.25K
shares
shares

काठमाडौं, १२ मंसिर । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ४८ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार २ हजार २ सयले बढेर तोलामा २ लाख ५० हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मुल्य पनि ६५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला ३ हजार २ सय ८० रुपैयामा कारोबार भएको चाँदीको मुल्य शुक्रवार तोलामा ३ हजार २ सय ४५ रुपैयामा कायम भएको छ ।















