Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

5.51K
shares

काठमाडौं, १९ मंसिर । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।