Dhulikhel Eco Banner new

५० हजार ग्राहकसम्म सेवा पुर्‍याउँदै एक्साइड ब्याटमोबाइल सेवाले रचो इतिहास

5.41K
shares

काठमाडौं, २१ मंसिर । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार सेवा कल पूरा गर्दै आफ्नो इतिहासमै महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ। कम्पनीका अनुसार यी ५० हजार ग्राहकहरू एक्साइडका सबैभन्दा मूल्यवान सम्पत्ति हुन्, जसले सेवाप्रतिको निरन्तर विश्वास र लोकप्रियता प्रमाणित गर्छ।

एक्साइड ब्याटमोबाइल सेवा सन् २०१६ फेब्रुअरीमा सुरु गरिएको थियो। सुरुमा कम कल प्राप्त भए पनि अहिले दैनिक सयभन्दा बढी कलका दरले सेवा प्रदान हुँदै आएको कम्पनीले जनाएको छ। सेवा सुरु भएको दिनदेखि नै अविरामरूपमा निरन्तर सञ्चालन गर्दै आइरहेको कम्पनीले यसलाई ‘अजया राजा’ जस्तै अडिग सेवाको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

नेपालकै प्रमुख ब्याट्री ब्रान्ड एक्साइड, सिप्रदी ट्रेडिङ प्रालिको सुपरिवेक्षणमा सञ्चालित रहँदै आएको छ। ग्राहकहरूले यस सेवालाई नेपालमै उपलब्ध ‘एक मात्र पूर्णरूपमै निःशुल्क सेवा’ भएको प्रतिक्रिया दिएको कम्पनीको दाबी छ।

सुरुवाती चरणमा चार टेक्निसियन, दुई चालक, एक टेक्निसियन सहितको चालक र एक सह समन्वयकसहित सेवा सञ्चालन भइरहेको थियो। मारुती सुजुकी ओम्नी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ७ बजेदेखि राति ९ बजेसम्म, छुट्टीका दिन समेत सेवा दिइन्थ्यो।

सेवा टेकुस्थित शोरुमबाट सुरु भई पचली भैरव एक्साइड केयर सेन्टर हुँदै, हाल बागडोलस्थित एक्साइड केयर सेन्टरबाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि दुई स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखाबाट सेवा उपलब्ध गराइरहेको जनाएको छ।काठमाडौंपछि पोखरा र नारायणगढ क्षेत्रमा समेत सेवाको माग तीव्र रूपमा बढिरहेको कम्पनीले बताएको छ।

एक्साइड ब्याटमोबाइल सेवाले कार, एसयूभी र विद्युतीय ट्याक्सीका ब्याट्री निःशुल्क स्टार्ट गरिदिने सुविधा प्रदान गर्छ। वर्षका ३६५ दिन सेवा उपलब्ध हुन्छ नेपाली नयाँ वर्ष, विश्वकर्मा पूजा र होलीको दिन मात्र बन्द रहने जनाएको छ।

महामारी तथा लकडाउनको चुनौतीपूर्ण परिस्थितिमा समेत कम्पनीले सवारी साधन स्टार्ट नहुने समस्यामा सकेसम्म सहयोग गरेको थियो। हाल मागअनुसार रिचार्ज गरिएका ब्याट्री घरमै पुर्‍याउने व्यवस्था र अन्य ब्रान्डका ब्याट्रीका लागि सशुल्क सेवा पनि सञ्चालनमा छ।

चर्चित कलाकार, गायक, राजनीतिज्ञ, अभिनेता लगायत धेरै व्यक्तिले एक्साइड ब्याटमोबाइल सेवा प्रयोग गर्दै आएका छन्। सेवा क्याम्प, स्टिकर, पकेट कार्ड र एएमसी कुपन वितरणजस्ता गतिविधिमा पनि ब्याटमोबाइल टोली सक्रिय रहेको कम्पनीको भनाइ छ। धेरैजसो सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना ग्राहकलाई यही सेवा सिफारिस गर्ने गरेको उल्लेख गरिएको छ।

५० हजार सेवा कलको उपलब्धिलाई कम्पनीले अत्यन्तै महत्वपूर्ण सफलता मानेको छ। यस विशेष उपलब्धिमा दिएको मार्गदर्शनका लागि वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीलाई धन्यवाद दिँदै कम्पनीले सबै अधिकारी, कर्मचारी, सहकर्मी, डिलर, रिटेलर तथा साझेदारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

कम्पनीका अनुसार यो उपलब्धिले आगामी दिनमा सेवा विस्तारलाई अझ सशक्त बनाउँदै, अझ धेरै ग्राहकलाई छिटो तथा भरपर्दो सेवा पुर्‍याउने प्रेरणा प्रदान गर्नेछ।