Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको लाभांश घोषणा

6.12K
shares

काठमाडौं, २८ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।