Dhulikhel Eco Banner new

सप्तरीमा ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट र कालोमोसो

11.19K
shares

काठमाडौं, २९ मंसिर । सप्तरीमा ऋण असुलीका क्रममा ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ।

ज्योति विकास बैंकको रुपनी शाखाबाट खटिएका कर्मचारी मंसिर २५ गते ऋणको किस्ता नतिरेको विषयमा छलफल गर्न पुगेका बेला उनीहरूमाथि कालोमोसो दली गालीगलौजसहित कुटपिट गरिएको बैंकका सूचना अधिकारी प्रकाश बरालले बताएका छन्।

बरालका अनुसार ऋणीले सावा तथा ब्याज भुक्तानी नगरेको करिब एक वर्ष भइसकेको छ। किस्ता नियमित गराउने उद्देश्यले भएको छलफल हिंसात्मक बनेपछि कर्मचारीहरू दुर्व्यवहारको सिकार भएका हुन्।

घटनामा संलग्न व्यक्ति ऋणीका आफन्त तथा ग्यारेन्टी बस्नेहरू रहेको प्रारम्भिक जानकारी आएको बैंकले जनाएको छ। घटनाबारे नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइसकिएको छ।