चालु आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा विस्तार सीमित, १.२ प्रतिशतले मात्र वृद्धि
वि.सं.२०८२ मंसिर २९ सोमवार १६:३६
5.59K
shares
shares

काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा जम्मा १.२ प्रतिशतले मात्र बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ४ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन्। कात्तिक मसान्तसम्म कुल ५५ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ निजी क्षेत्रमा प्रवाह भएको छ।
गत आवको सोही अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ थियो। त्यतिबेला चार महिनामा कर्जा प्रवाह २।५ प्रतिशतले मात्र बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६।९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
पदानुसार प्रवाहको संरचना हेर्दा, २०८२ कात्तिक मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्र ६२।६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्र ३७।४ प्रतिशत रहेको छ। गत आवको सोही अवधिमा यी अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थिए।
वाणिज्य बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह यस अवधिमा १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा ०।१ प्रतिशतले घटेको छ।
धितोको आधारमा, बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि र गैर–कृषि)मा १५ प्रतिशत र घरजग्गा धितोमा ६४।४ प्रतिशत रहेको छ। गत आवको कात्तिकमा यी क्रमशः १३.५ र ६६.० प्रतिशत थिए।
क्षेत्रगत कर्जा प्रवाहमा, निर्माण क्षेत्रमा ३.२ प्रतिशत, यातायातरसञ्चाररसार्वजनिक सेवा २.९ प्रतिशत, औद्योगिक उत्पादन १.९ प्रतिशत, उपभोग्य क्षेत्र १।७ प्रतिशत, थोकरखुद्रा व्यापार ०.४ प्रतिशत र सेवा उद्योग ०।१ प्रतिशतले वृद्धि भएको छ। तर, कृषि क्षेत्रको कर्जा २.६ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रको कर्जा २.५ प्रतिशतले घटेको छ।
कर्जा प्रकार अनुसार, मार्जिन कर्जा ३.९ प्रतिशत, रियल इस्टेट कर्जा ३.४ प्रतिशत, क्यास क्रेडिट १.८ प्रतिशत, हायर पर्चेज १.३ प्रतिशत, मागरअन्य चालु पुँजी कर्जा १.१ प्रतिशत, आवधिक कर्जा ०।९ प्रतिशतले बढेको छ। त्यस्तै, अधिविकर्ष कर्जा ४.९ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २।१ प्रतिशतले घटेको छ।



















