Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट

6.21K
shares

काठमाडौं, २९ मंसिर । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित होराइजन लाउन्ज तथा आन्तरिक विमानस्थलस्थित होराइजन क्याफे मा सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट तथा प्लाटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यस सम्झौताले ग्राहकहरूलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।