जनशक्तिको अभावमा जमिन खेर गयो : कृषिमन्त्री भुसाल
वि.सं.२०८० वैशाख २८ बिहीवार १६:२१
shares

काठमाडौं, २८ वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले जनशक्तिको अभावले खेतियोग्य जमिन खेर गइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा उनले दक्ष जनशक्तिको अभावका कारण १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको बताएका हुन् ।
‘श्रम शक्ति र जनशक्तिको आवश्यक छ । जनशक्ति नभएको कारणले जमिनहरु बाँझो छ । विषेश गरि पहाडमा खेती गर्ने जनशक्ति पलायन भएको छ । गत सालको कृषि गणनाको तथ्याङक हेर्ने हो भने पनि जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको छ । यो चाही गम्भीर समस्याको रुपमा देखा परेको छ,’ उनले भने । कृषि उपजको आधारमा बजार व्यवस्थापन गर्न आवश्यक भएको उनको भनाइ छ । उनले कृषि र सिँचाई मन्त्रालयको सहकार्यमा कृषि वन र पर्यावरण भन्ने कार्यक्रमहरु अगाडि सारिएको पनि बताए ।
कृषि मन्त्री भुसालले नेपालको जंगलमा प्रशस्त मात्रामा पाइने अमला मात्र २ अर्ब बराबरको आयात भएको देखिएको बताए ।



















