Dhulikhel Eco Banner new

इन्भेष्टमेन्ट र मेगा बैंकलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

5.32K
shares

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्नेरगाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्धान्तिक सहमति दिएको हो ।

यि दुई बैंकले मर्जरमा जानका लागि जेठ २७ गते सम्झौता गरेका थिए । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) मा मर्जर हुने सहमति भएको थियो । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ ।

बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको छ । यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ । बैंकले स्वापको कारण उब्रिने रकम (प्रिमियम) पछि बोनस शेयर दिँदा चुक्तापुँजी ३४ अर्ब पुग्ने उल्लेख गरेको छ ।