Dhulikhel Eco Banner new

भोटेकोशीको बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालयमा पूर्ण क्षति

299
shares

काठमाडौं, १४ भदौ ।  रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बैंकका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी भने सुरक्षित रहेका छन्।

बैंकले दिएको जानकारीअनुसार भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा जिल्लाको स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लाको बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ। त्यस्तै, त्रिशुली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको बैंकले जनाएको छ।

तीनवटै शाखा कार्यालयमा ठूलो भौतिक क्षति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि सेवा बन्द रहने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेका छन्। आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।

बाढीबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

त्यस्तै, हालसम्म सम्पर्कमा आउन नसकेका नागरिकहरूको शीघ्र सकुशल उद्धार तथा बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले गरेको छ।