गभर्नरको राजीनामा माग्दै माइतिघरमा प्रदर्शन
वि.सं.२०७९ असार २९ बुधवार १८:०६
shares

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै शेयर लगानीकर्ताहरुले प्रदर्शन गरेका छन् । लगानीकर्ताहरुले गर्भनर अधिकारीले राजीनामा दिनु पर्ने भन्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरेका हुन् ।
गभर्नर अधिकारी नेकपा एमालेको केन्द्रीय विभाग सदस्य बनेको पुष्टि भएपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रीएका हुन । कुनै दलको कार्यकर्ता भएर केन्द्रीय बैंकमा मनपरी नीति ल्याउन खोजिएको र अर्थतन्त्रलाई नै तहसनहस बनाउन खोजिएको भन्दै लगानीकर्ताहरुले राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।
यस अघि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाइसीएल) ले पनि गभर्नर अधिकारीको बर्खास्तगी माग गर्दै माइतीघरमा प्रदर्शन गरेका थिए । युवा र विद्यार्थी संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै सडक संघर्ष सुरु गरेका हुन् ।



















