Dhulikhel Eco Banner new

लघुवित्तको ब्याजदरमा नयाँ व्यवस्था

7.33K
shares

काठमाडौं, ६ साउन । लघुवित्त वित्तीय संस्थाहरुको ब्याजदर सस्तो बनाउन राष्ट्र बैंकले अर्को नाीतिगत व्यवस्था गरेको छ । केन्द्रिय बैंकले बैंकहरुले लघुवित्त कम्पनीहरुलाई आफ्नो आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप गरी लघुवित्त कम्पनीहरुलाई सापटी दिनुपर्ने व्यवस्था गरेको हो ।

नयाँ मौद्रिक नीतिमा ‘बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिनेछ,’ भनिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा ५ प्रतिशतभन्दा धेरै प्रिमियम जोडेर लघुवित्त कम्पनीहरुलाई सापटी दिने व्यवस्था रहेको थियो । तर अब २ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने भएका छन् । यसले लघुवित्तको लागत केहि घटाउने छ भने लघुवित्तहरुले पनि केहि सस्तो ब्याजदरमा कर्जा दिन सक्ने छन् ।