Dhulikhel Eco Banner new

एनआईसी एशिया लघुवित्तलको नाफा २४ प्रतिशतले बढ्यो

4.49K
shares

काठमाडौं, साउन ११ । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्म ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०.९५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३१.७३ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ६२ पैसा बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५४ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ रहेको छ ।