GBIME

राष्ट्र बैंकद्धारा भाषाविद्हरुलाई सूचीकरणका लागि दरखास्त आह्रान

1.04K
shares

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले भाषाविद्लाई सूचीकरण हुनका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको प्रकाशन निर्देशिका(२०७९ अनुसार भाषाविद (सम्पादक)हरुको सूची तयार गर्नका लागेको भन्दै इन्चुक व्यक्तिलाई दरखास्त आह्वान गर्न भनेको छ । नेपाली र अंग्रेजी भाषाविदका इच्छुकलाई भदौ १० भित्र इमेल पठाउन भनेको छ ।

नेपाली भाषाविदका लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी ५ वर्ष वा सो भन्दा बढी कार्य अनुभव भएको हुनुपर्ने छ ।

सम्पादकका लागि छनौट प्रकृया नेपाली विषयमा विद्यावारिधि उपाधी हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्थानक उपाधि हासिल गरेको हुनुपर्ने छ । साथै सम्बन्धित विज्ञ ९सम्पादन० को रुपमा कार्य गरेको हुनुपर्ने छ ।

यस्तै अंग्रेजी भाषाविद्का लागि न्यूनतम अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी ५ वर्ष वा सो भनदा बढी कार्य गरेको हुनुभव हुनुपर्ने छ ।

छनौटका लागि अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको, सम्बधित भाषा विज्ञ ९सम्पादन० को रुपमा कार्य गरेको हुनुपर्ने छ ।